Logo

बिजनेस होम

१७ वर्षपछि दुबईमा रोजगार मेला सम्पन्न


GDP नेपाल
   २० फाल्गुन २०८०, आइतबार


नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार बोर्डको सहकार्यमा यूएईको दुबई शहरमा शनिवार आयोजना गरेको रोजगार मेला ‘जब फेयर २०२४’ सम्पन्न भएको छ ।

युएई स्थित दुबईको होटल जे डब्लु मेरिएट मरिनामा आयोजना भएको सो रोजगार मेलामा श्रममन्त्री शरदसिंह भण्डारी, श्रमसचिव केवल प्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीलगायत वैदेशिक रोजगार व्यवसायीहरू सहभागी भएका थिए ।

मेलामा एक सय भन्दा बढी मेनपावर व्यवसायीहरू सँगै एनआरएनएका प्रतिनिधिहरू र दुबईमै व्यवसाय गर्दै आएका नेपालीहरूको सहभागिता समेत रहेको थियो । नेपालले यसअघि २००७ जुन ६ मा दुबईको ग्रान्ड हायात होटलमा रोजगार मेलाको आयोजना गरेको थियो । त्यसको १७ बर्ष पछि रोजगार मेला आयोजना भएको हो ।

मेलामा मन्त्री भण्डारीले यूएईले हासिल गरेको विश्वस्तरको उपलब्धिमा नेपाली कामदारको उच्च योगदान रहेको बताएका छन् । नेपाली कामदारको सम्मान र सुविधामा वृद्धि गर्न आग्रह गर्दै उनले विज्ञान र प्रविधिको प्रयोगले अवसर र चुनौती दुवै सिर्जना गरेकाले चुनौतीको सामना गर्न बजारको मागअनुसार श्रमिकको सीप क्षमताको विकासमा नेपालले लगानी गर्न चाहेको जनाए ।

मेलामा ६४ वटा विभिन्न स्टल राखिएका थिए। दुबई रोजगार मेलाबाट रोजगारदाता र मेनपावर व्यवसायी बीच सिधा सम्पर्क स्थापना भई बिचौलियाबिना वैदेशिक रोजगारमा डिमान्ड पाउन सक्ने र त्यस्ता डिमाण्डमा कामदार पठाउँदा श्रमिकलाई समेत फाइदा हुने विश्वास लिइएको छ । मेलाको माध्यमबाट युएईका रोजगारदाता सामु नेपालबाट युएई मुलुकका लागि जस्तोसुकै पदमा नेपाली कामदार पठाउन नेपाल सक्षम रहेको सन्देश प्रवाह गर्ने व्यवसायीहरूले विश्वास लिएका छन् ।

 

प्रकाशित : २० फाल्गुन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह