काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल र मटीतेलको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर डेढ रुपैयाँ तथा डिजेल र मटीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दरले मूल्य बढाएको हो ।
निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले स्थानीय बजारमा मूल्य समायोजन गरेको दावी गरे पनि नाफा सुनिश्चितताका लागि मूल्य बढाएको जानकारहरु बताउँछन् ।
निगमले आगामी असार मसान्तसम्म ५ अर्ब नाफा कमाउने लक्ष्य राखेको र सोही कारण मूल्य बढाइएको स्रोतको दावी छ । निगमका नयाँ कार्यकारी निर्देशकका रुपमा सुरेन्द्रकुमार पौडेल आएपछि उनीमाथि संस्थाको वित्तीय अवस्था राम्रो देखाउने दबाब छ । सोही कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दासमेत स्थानीय बजारमा समायोजन गरिएको थिएन ।
बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाइएको छ । तर।, हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।
काठमाडौंको लागि नयाँ खुद्रा विक्री मूल्य पेट्रोलमा १११ रुपैयाँ ५० पैसा पुर्याइएको छ । डिजेल र मट्टतिेको मूल्य ९८ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया