Logo

बिजनेस होम

नेपाली बजारमा भित्रियो इचियर्सको इन्जिन आयल


GDP नेपाल
   २३ फाल्गुन २०८०, बुधबार


नेपालका लागि इचियर्स कमर्सियल भेहिकल्सको आधिकारिक वितरक बतास एमएडब्लू कमर्सियल भेइकल प्रालिले इचियर्सको इन्जिन आयल भित्र्याएको छ । कम्पनीका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतासले इचियर्सको इन्जिन आयल बजारमा ल्याएको जानकारी दिएका हुन् ।

इन्जिन आयल सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रमुख प्रबन्ध निर्देशक बतासले इचियर्स इन्जिन आयल र स्पेयर पार्टस्सहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा बजार विस्तार गरेको बताए । सबै व्यवसायीका साथमा रहेर गुणस्तरीय इन्जिन आयल र स्पेयर पार्टस्समेत उपलब्ध गराउन प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

कुनै पनि इन्जिन विशेष प्रविधिअनुरूप बन्ने हुनाले त्यसमा प्रयोग हुने ल्युब पनि विशेष प्रकारको हुने उनको भनाइ थियो । जसले गर्दा इन्जिनको पर्फमेन्स बढ्नुका साथै इन्जिनको आयु पनि बढ्ने बतासले बताए । गुणस्तरीय ल्युब प्रयोग गरी आफ्नो गाडीको कार्यक्षमता बढाउनुका साथै वारेन्टी कभरेज कायम राख्दै र पुनर्विक्रय मूल्यको संरक्षण गर्दै आफ्नो सवारीसाधनको अधिकतम कार्यसम्पादन, दीर्घायु र दक्षता सुनिश्चित गर्न ग्राहकले इचियर्स उत्पादकहरूले सिफारिस गरेका वास्तविक लुब्रिकेन्टहरू प्रयोग गर्नु बुद्धिमानी विकल्प रहेको प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले बताए ।

इचियर्स ल्युब फोर ह्विलर, कमर्सियल, हेभी इक्विपमेन्ट आदि सबै सवारीसाधनमा उक्त इन्जिन आयल प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित : २३ फाल्गुन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह