Logo

फोटो

पशुपतिमा भक्तजनको भीड (फोटोफिचर)


GDP नेपाल
   २५ फाल्गुन २०८०, शुक्रबार


काठमाडौं । आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुँइचो लागेको छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइदैछ ।

पशुपतिनाथमा विहान २ बजेदेखि नै चार वटै ढोका खोलिएका छन् । रातिदेखि लाइनमा बसेका दर्शनार्थीले अहिले धमाधम दर्शन गरिरहेका छन् । शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आइपुगेका छन् । यसवर्ष २० लाख भक्तजनले पशुपतिको दर्शन गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मन्दिरमा दर्शन गर्नेहरूको भीड लागेको छ भने अर्कोतिर शिवरात्री मनाउन आएका बाबाहरूको दर्शन गर्नेको लहर छ ।
पशुपतिनाथ मन्दिरमा देश–विदेशबाट आएका नागा जोगी, बाबाहरुको उपस्थितिले पनि धेरैलाई आकर्षित गरेको छ । मन्दिर क्षेत्रमा बाबाहरू बिन्दास बनेर बसेका छन् । उनीहरुका थरीथरीका भेषभूषा र हाउभाउले आगन्तुक र दर्शनार्थीहरुलाई रोमाञ्चक बनाएको छ ।

 

 

प्रकाशित : २५ फाल्गुन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह