Logo

कर्पोरेट-बजार

पुँजीगत खर्च वृद्धिका लागि सरकारलाई समयवद्ध तालिका बनाउन अध्यक्ष मल्लको आग्रह


GDP नेपाल
   २७ फाल्गुन २०८०, आइतबार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पुँजीगत खर्चमा सुधार गर्नका लागि समयवद्ध तालिका बनाउनुपर्ने बताउनुभएको छ । बजेट चालु खर्चमै सकिने तर पुँजीगत खर्चको सानो अंश पनि खर्च नहुँदा विकास र आर्थिक समृद्धि हासिल हुन नसकेको अध्यक्ष मल्लले बताउनुभयो ।

नेपाल तयारी पोसाक संघको वार्षिक साधारणसभामा अध्यक्ष मल्लले भन्नुभयो, ‘चालु आर्थिक वर्षको ८ महिनामा पुँजीगत खर्च २५ प्रतिशता सिमित छ, सरकारले गर्ने खर्चको कछुवागतीले आर्थिक गतिविधी अपेक्षित रुपमा बढ्न सकेको छैन, त्यसैले पुँजीगत खर्च समयमै सम्पन्न गर्नका लागि पूर्वाधार विकास आयोजनामा समयमै सम्पन्न गर्नेगरी समयतालिका निर्धारण गर्न आवश्यक छ, ।’

सरकारले पुँजीगत खर्च समयमै गर्न नसक्दा अर्थतन्त्रका अन्य क्षेत्रमा पनि गम्भिर असर परेको अध्यक्ष मल्लको भनाई छ । सरकारले आगामी आर्थिक वर्षमा खर्च क्षमता अनुसारको विकास आयोजना छनोट गर्नुपर्ने उहाँको भनाई छ ।

अध्यक्ष मल्लले आगामी बजेट रोजगारी सिर्जना, उत्पादन वृद्धि मार्फत निर्यात प्रर्वद्धन, एवं औद्योगिक क्षमता विस्तार गर्ने खालको ल्याउनुपर्नेमा जोड दिनुभयो ।

आयातलाई व्यवस्थित गरी निर्यातलाई प्रर्वद्धन गर्नका लागि स्थानीय उत्पादन वृद्धि हुने क्षेतमा बजेटलाई विनियोजन गर्नुपर्ने अध्यक्ष मल्लले बताउनुभयो ।

बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले बजेट र मौद्रिक नीतिको लक्ष्य एकै हुनुपर्ने बताउनुभयो ।

अर्को प्रसंगमा अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्र अझै पनि सुस्त गतिमै रहेको बताउनुभयो । बजारमा कर्जाको ब्याजदर अपेक्षित रुपमा घट्न नसक्दा लगानी आर्कषित हुन नसकेको अध्यक्ष मल्लको भनाई छ ।

 

प्रकाशित : २७ फाल्गुन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह