Logo

बिजनेस होम

शाओमीको ‘रेड्मी ए थ्री’ स्मार्टफोन नेपालमा, मूल्य कति ?


GDP नेपाल
   २८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । शाओमीले नेपालमा रेड्मी ए थ्री लन्च गरेको छ । रेड्मी ए थ्री लन्चसँगै शाओमीले आफ्नो इन्ट्री लेभल लाइनअपलाई झनै विस्तार गरेको हो ।

रेड्मी ए थ्री स्मार्टफोन ६.७१ इन्च एचडी प्लस डिस्प्ले र डुअल रियर क्यामेरा सेटअप सहित कोर्निंग गोरिल्ला ग्लास ३ को सुरक्षासहित सञ्चालित छ । १० वाट फास्ट चार्जिङ र ५००० एमएच ब्याट्रीको साथ रेड्मी ए थ्री लाई युएसबी टाईप सी मा चार्ज गर्न सकिने छ । ग्लास ब्याक र लेदर टेक्सचर ब्याक गरी दुईवटा ब्याक डिजाइन भेरियन्टमा उपलब्ध यो स्र्माटफोनमा साइड फिंगरप्रिन्ट स्क्यानर जस्ता सुरक्षाका सुविधाहरू उपलब्ध छन् ।

रेड्मी ए थ्री मा ओलिभ ग्रीन, मिडनाइट ब्ल्याक र लेक ब्लू कलरहरूमा ३ जिबी प्लस ६४ जिबी र ४ जिबी प्लस १२८ जिबी भेरियन्टमा उपलब्ध हुनेछ । ३ जिबी प्लस ६४ जिबी र ४ जिबी प्लस १२८ जिबीको मूल्य क्रमशः रु. ११ हजार ९९९ र रु. १२ हजार ९९९ पर्नेछ ।

यी सबै भेरियन्टहरु आधिकारिक मी स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध छ ।

प्रकाशित : २८ फाल्गुन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह