नेपाल रत्न तथा आभुषण संघले एसजीएल कम्पनीको सहकार्यमा व्यवसायीहरुका लागि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
संघले गरगहना व्यवसायीहरुको हितको लागि संघको सचिवालयमा हिराका गरगहना टेष्टिङ प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । सो कार्यक्रममा एसजीएलका प्रशिक्षकले करिव १ हप्ताका लागि गरगहना व्यवसायीहलाई प्रशिक्षण दिनेछन् ।
संघका अध्यक्ष सुमनमान ताम्राकार र निवर्तमान अध्यक्ष तथा जेम ल्याब व्यवस्थापन समितिकी संयोजक ज्योत्सना श्रेष्ठले संयुक्त रुपमा सो कार्यक्रमको उद्घाटन गरेका हुन् ।
संघका अनुसार उक्त प्रशिक्षण कार्यक्रममा काठमाडौँ उपत्यकाका १२ जना व्यवसायीहरु सभागी भएका छन् ।
प्रतिक्रिया