Logo

कर्पोरेट-बजार

तोलामा ७ सयले बढ्यो सुनको मूल्य


GDP नेपाल
   ६ चैत्र २०८०, मंगलबार


काठमाडौं । नेपाली बजारमा मंगलबार सुन चाँदीको मूल्य फेरी बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ७ सयले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलामा १ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : ६ चैत्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह