Logo

कर्पोरेट-बजार

रिलायबल प्राइभेट इक्विटी फन्ड र अकामा होटलबीच लगानी सम्झौता


GDP नेपाल
   ६ चैत्र २०८०, मंगलबार


काठमाडौं। रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धिधत रिलायबल प्राइभेट इक्विटी फन्डबाट अकामा होटल लिमिटेडमा लगानी गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतामा फन्डको तर्फबाट कोष व्यवस्थापक प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झा र होटलका तर्फबाट होटेलका अध्यक्ष विनयकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।सम्झौताअनुसार रिलायबल प्राइभेट इक्विटी फन्डले अकामा होटलमा २२ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछ । साथै, प्राथमिक सार्वजनिक निष्कासनपश्चात् कायम रहने सेयर पुँजीको १० प्रतिशत रकम बराबरको सेयर खरिद गर्नेछ ।

रिलायबल प्राइभेट इक्विटी फन्ड, विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत नेपाल धितोपत्र बोर्डमा दर्ता भई संस्थापन तथा सञ्चालन भएको कोष हो । यसको व्यवस्थापन रिलायबल भेन्चर क्यापिटल लिमिटेडले गरेको छ ।

यस कोषको मुख्य उद्देश्य सूचीकृत नभएका संस्थाहरूमा लगानी गरी सो संस्थाहरूलाई एक वैकल्पिक वित्तीय स्रोत उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : ६ चैत्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह