Logo

मुख्य समाचार

रविबारे प्रधानमन्त्रीको जवाफपछि कांग्रेस झन् आक्रामकः संसदीय छानबिन समिति बटमलाइन 


gdpnepal
   ६ चैत्र २०८०, मंगलबार


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालको जवाफपछि थप चिढिएको छ । 
 
मंगलबार प्रधानमन्त्रीले संसदमा गृहमन्त्री लामिछानेविरुद्धको उजुरी सामान्य भएको दावी गर्दै उनले अनियमितता र ठगी गरेको कुनै आधार र प्रमाण नभएको भन्दै क्लिनचिट दिएका थिए । 
 
“लामिछानेको हकमा अनुसन्धान गर्नुपर्ने भन्ने नदेखिएको भन्ने विषय प्रहरीबाट मलाई प्रस्ट शब्दमा ब्रिफिङ भएको छ,” उनले भने, “आरोप लगाउँदैमा राजीनामा दिन जरुरी हुँदैन ।”
 
प्रधानमन्त्री दाहाल रोष्ट्रमबाट आफ्नो सिटमा फर्केसँगै कांग्रेस सांसदहरु आफ्नो सिटबाट उठेपछि सभामुखले कांग्रेस मुख्य सचेतक रमेश लेखकलाई बोल्न समय दिए । 
 
लेखकले प्रधानमन्त्रीलाई गुमराहमा राखिएको भन्दै यसबाट निष्पक्ष छानबीन हुनेमा आशंका उत्पन्न भएको धारणा राखे ।
 
गृहमन्त्री लामिछाने सहकारी ठगीमा प्रत्यक्ष सङ्लग्न रहेको पर्याप्त प्रमाण रहेको र सहकारी ऐनमा राखिएको गैर सदस्यले कर्जा नपाउने व्यवस्थाको उल्लंघन भएर गैरकानूनी रुपमा कर्जा प्रवाह भएको लेखकले दाबी गरे । 
 
“प्रधानमन्त्रीज्यूले पर्याप्त प्रमाण छैन भन्नुभयो । तर हामी भन्छौं, पर्याप्त प्रमाण छन्,” कांग्रेस प्रमुख सचेतक लेखकले भने, “यस विषयमा निष्पक्ष छानबिनको वातावरण सिर्जना गरौं । संसदभित्रै छानबिन समितिको माग हामी गर्दछौं ।”
 
लेखकले विगतमा मन्त्रीहरुमाथि प्रश्न उठ्दा नैतिकताका आधारमा रामशरण महत, गोकुल बाँस्कोटा, शेरबहादुर तामाङ, जनार्दन शर्मालगायतले राजीनामा दिएका उदाहरण प्रस्तुत गर्दै गृहमन्त्री लामिछानेले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने र अनुसन्धानमा सघाउनुपर्ने बताए । 

प्रकाशित : ६ चैत्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह