Logo

कृषि / सहकारी

माग पुरा नभए सडकमा आगो बाल्ने सहकारी बचतकर्ताको चेतावनी


GDP नेपाल
   ६ चैत्र २०८०, मंगलबार


काठमाडौं । सहकारीका बचतकर्ता संरक्षण राष्ट्रिय महासंघले संस्थाहरुमा गरेका बचत रकम फिर्ता पाउनुपर्ने माग गर्दै दबाबमूलक सभा कार्यक्रम जारी राखेको छ ।

देशभरका लाखौं बचतकर्ताले सहकारीमा राखेको पैसा फिर्ता नपाएको भन्दै लामो समयदेखि उनीहरुले काठमाडौंमा प्रदर्शनहरु गर्दै आएका छन् ।

उक्त आन्दोलनमा सहकारीका बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको कोषाध्यक्ष दिप श्रेष्ठले अझै पनि सात बुदेँ सम्झौता कार्यान्वयन नहुने हो भने सडकमा आगो बाल्ने चेतावनी दिएका छन् ।

उनले भने, ‘पीडामा रहेका पीडितहरुको पक्षमा आवाज उठाउँदा हामीलाई हत्यारा जसरी हिरासतमा लगेर राखिएको थियो । हाम्रो यो शान्तिपूर्ण र्‍याली हो, यति गर्दा पनि हाम्रो सात बुदेँ सम्झौता कार्यान्वयन नभएको खण्डमा भोलिबाट सडकमा आगो बाल्ने पनि सरकारलाई चेतावनी दिन चहान्छु ।’

प्रकाशित : ६ चैत्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह