Logo

सेयर बजार

सेयर बजारमा गिरावट, ४ अर्ब १३ करोडको कारोबार


GDP नेपाल
   २० बैशाख २०८१, बिहिबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ७.३१ अंकले घटेर एक हजार ९९८.९६ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ८, विकास बैंक ८५, फाइनान्स १० होटल तथा पर्यटन २३, हाइड्रोपावर २७, उत्पादन २, अन्य १२, जीवन बीमा ४१ र निर्जीवन बीमा उपसमूह १०२ अंकले घटेको छ । त्यस्तै, माइक्रोफाइनान्स १३९ र ब्यापार उपसमूह १ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै पिपुल्स पावर लिमिटेडको सेयर ८ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि आज समता घरेलु लघुवित्त, इन्फिनीटी लघुवित्त र साधना लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३०८ कम्पनीको ९४ लाख कित्ता सेयर ४ अर्ब १३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २० बैशाख २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह