Logo

बैंक / बिमा /शेयर

बङ्लादेशको चालु खाता सञ्चिति ३ अर्ब अमेरिकी डलरभन्दा बढी


GDP नेपाल
   ७ चैत्र २०८०, बुधबार


बङ्गलादेशको चालु खाता सञ्चिति सन् २०२३ जुलाईदेखि सन् २०२४ जनवरीसम्ममा तीन अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ ।

बङ्गलादेश बैङ्कद्वारा प्रकाशित पछिल्लो तथ्याङ्कअनुसार चालु खाता पुँजीले अघिल्लो आर्थिक वर्ष २०२२/२३ को सोही अवधिमा चार अर्ब ६४ करोड ८० लाख डलरको घाटाको तुलनामा आर्थिक वर्षको पहिलो सात महिनामा तीन अर्ब १४ करोड ८० डलरको जम्मा पुँजी देखाएको छ ।

बङ्गलादेशले आर्थिक वर्ष २०२२/२३ मा निर्यात र विप्रेषणमा कमजोर वृद्धिको कारण २।६७ अर्ब डलरको चालु खाता घाटा व्यहोरेको थियो ।

अधिकारीहरूले केन्द्रीय बैङ्कको चालु खाताको रकम तथा भुक्तानीको समग्र पुँजीले जुलाई–जनवरी अवधिमा सकारात्मक प्रवृत्ति कायम राखेको बताएका छन् ।

हालका महिनाहरूमा आयात बिलमा गिरावटको बीचमा निर्यात आय र विप्रेषणकोे आगमन बढेको कारण यो सम्भव भएको उनीहरूको भनाइ छ ।

बङ्गलादेशले आर्थिक वर्षको पहिलो सात महिनामा १२.८९ अर्ब डलर विपे्रषण प्राप्त गरेको केन्द्रीय बैङकको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित : ७ चैत्र २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह