Logo

मुख्य समाचार

यसकारण रिहा भए महराः माओवादीको गुन तिर्दै रवि लामिछाने !


gdpnepal
   ९ चैत्र २०८०, शुक्रबार


काठमाडौं । आफूमाथि लागेको सहकारी ठगी प्रकरणमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रको राम्रो साथ पाइरहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सत्तारोहण गरेको दुई सातामै माओवादीलाई गुन तिरेका छन् ।

लामिछाने नेतृत्वको प्रहरी प्रशासनले माओवादी नेताा कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडेको छ । महराको ‘कमजोर स्वास्थ्य’ अवस्थालाई देखाउँदै दोस्रोपटक म्याद थपका लागि समेत लगिएन ।

पक्राउ पर्नुअघि लुम्बिनी प्रदेशमा रहेका महरा सक्रिय जीवनमा थिए । माओवादी नेताको घरमा खाना खाँदै गरेका उनी रोल्पा हिँडेको भनिएको थियो ।

स्थलमार्गबाट रोल्पा जान लागेका महरालाई स्वास्थ्यको कारण देखाएर छुटकारा दिनुले रवि लामिछानेको नियत उदांगो भएको जानकारहरु बताउँछन् ।

महरा लामो समयदेखि स्वस्थ नरहे पनि पक्राउपछि राजधानीकै महँगो अस्पताल भर्ना हुने, पक्राउ परेका महराले अस्पतालबाटै प्रधानमन्त्री पुष्पकमल दाहालसँग पटकपटक फोनवार्ता गर्नेलगायतका सुविधा पाउँदै आएका थिए ।

महरा पक्राउलाई आफ्नो उपलब्धिका रुपमा चर्चा बटुलिरहेका गृहमन्त्री लामिछानेले उनलाई छाड्न आदेश दिएर माओवादीको गुन तिरेको यस मामिलाका जानकारहरु बताउँछन् ।

सूर्यदर्शनलगायतका सहकारी ठगीमा मुछिएका तथा दोहोरो पासपोर्ट लगायतका विवादमा तानिएका लामिछानेलाई नयाँ सत्ता गठबन्धनले स्वार्थ बाझिने गृह मन्त्रालय बुझाएको छ ।

जसका कारण लामिछाने एमाले र माओवादीप्रति अनुगृहित छन् भने उनीमाथि नैतिकताको प्रश्न उठाउने नेपाली कांग्रेसमाथि ईवी साँधिरहेका छन् ।

प्रकृयाअनुसार सुषुप्त रुपमा गर्नुपर्ने कामलाई आदेश दिएर चर्चा बटुल्ने रविको शैली कांग्रेसलक्षित आक्रमणकेन्द्रित देखिन्छ । कांग्रेस सांसद विनोद चौधरीमाथि छानबीनको आदेश दिने, उनी छानबीनमा रहेको भन्दै संसदमा पत्र पठाउने लगायतका अस्वाभाविक कार्य भइरहेका छन् ।

लामिछाने निर्दोष रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले टेलिभिजन कार्यक्रमदेखि रोष्ट्रममा उभिएर क्लिन चिट दिएका छन् भने एमाले अध्यक्ष केपी ओली पनि रविमाथि छानबीन हुनै नसक्ने भन्दै बचाउमा उत्रेका छन् ।

यसले मुलुकका दुई ठूला दलको आशीर्वाद पाएका रविलाई बल मिले पनि संसदमा भने यो मुद्दा त्यति सहजै सेलाउने देखिँदैन ।

प्रधानमन्त्री दाहालका लामो समयदेखि निकट रहेका महरा शान्ति प्रक्रियापछि दाहालले एकमुष्ठ रुपमा बुझ्ने लडाकु भत्तासम्बन्धी अनियमितताका साक्षी पनि हुन् ।

महरा सुन प्रकरणमा पक्राउ गरेसँगै प्रधानमन्त्री दाहालको लडाकु भत्ता अनियमितता उजागर हुने भएकाले दाहालले नै महरालाई रिहा गर्न लामिछानेलाई निर्देशन दिएको माओवादी वृत्तमा चर्चा छ ।

मातहतका निकायलाई दबाबमा काम नगर्न निर्देशन दिने गृहमन्त्री लामिछाने अन्ततः आफैं प्रधानमन्त्रीको दबाबमा महरा छाड्न बाध्य भए ।

प्रकाशित : ९ चैत्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह