Logo

बैंक / बिमा /शेयर

सिंगटी हाइड्रो इनर्जीको संस्थापक सेयर लिलामी बिक्री खुला


GDP नेपाल
   १२ चैत्र २०८०, सोमबार


सिंगटी हाइड्रो इनर्जीको संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ । कम्पनीले ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनसक्नेछन् । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद चैत २० गतेसम्म रहेको छ ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि कम्पनीले फागुन २ गतेदेखि २२ गतेसम्म १ करोड ४५ लाख कित्ता १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले मुक्तिनाथ बैंकको प्रधान कार्यालय र शाखा कार्यालयहरू भक्तपुर ठिमी, कुमारीपाटी, विर्तामोड, वीरगञ्ज,जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ, बेनी, बुटवल घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरका शाखा कार्यायहरु तथा सिन्धु विकास बैंक चेरीकोट दोलखाबाट बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।

प्रकाशित : १२ चैत्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह