Logo

बिजनेस होम

विनोद चौधरीको पासपोर्ट सिज गर्न लागिएको हो ?


gdpnepal
   १४ चैत्र २०८०, बुधबार


काठमाडौं । सरकारले उद्योगपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बेइज्जत गर्नेगरी काम गरिरहेको भन्दै मिनी संसदमा आवाज उठेको छ ।

चौधरीलाई अपमान गर्ने नियोजित षडयन्त्रमा गृहमन्त्री रवि लामिछाने नै उद्यत रहेको भन्दै अन्य सांसदहरुले आपत्ति जनाए ।

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा राप्रपा सांसद बुद्धिमान तामाङले कांग्रेस सांसद विनोद चौधरीको पासपोर्ट किन सिज गर्न लागिएको हो ? भन्दै प्रश्न गरेका हुन् ।

“विनोद चौधरीको विषयमा उहाँको पासपोर्ट सिज गर्न भनिएको थियो रे ? कस्तो व्यक्तिको सिज गर्ने ? उहाँ भाग्न सक्ने व्यक्ति हो ?” उनले गृहमन्त्री लामिछानेलाई प्रश्न गरे, “को कुन लेभल र हैसियतको मान्छे हो भन्ने थाहा छैन सरकारलाई ? कानुनअनुसार कारबाही गर्दा हुँदैन ? किन बेइज्जत गर्न लागिएको हो ?”

कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले पनि चौधरीमाथि छानबीनको बारेमा गृहमन्त्रीसमक्ष प्रश्न गरे । चौधरीमाथि छानबीन गर्न नहुने पक्षमा आफूहरु नरहेको स्पष्ट पार्दै उनले चौधरीमाछि छानबीनको पत्र सभामुखलाई पठाउनुको नियत के हो भन्ने प्रश्न गरे ।

“यो किन दिइयो र कुन कानुनले दिइयो ?” उनले भने, “हाम्रो संविधानको धारा १०३ (६)मा भएको व्यवस्थाको सिधा बर्खिलाफ भएको छ किनकी सांसद पक्राउ परेमात्र जानकारी दिने प्रबन्ध गरिएको छ ।”

संसद चलेको अवस्थामा पक्राउ परे सभामुखलाई जानकारी दिनुपर्ने र संसद नचलेको अवस्थामा सूचना पाटीमा टाँस्नुपर्ने व्यवस्था रहे पनि छानबीनकै क्रममा पत्र पठाउनु शंकास्पद रहेको उनको भनाइ छ ।

प्रकाशित : १४ चैत्र २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह