Logo

मुख्य समाचार

चौधरीको पासपोर्ट सिज गर्ने योजना छैन, संसदलाई पत्र पठाउनु गल्ती भयोः आईजीपी कुँवर


gdpnepal
   १४ चैत्र २०८०, बुधबार


काठमाडौं । प्रहरी महानिरिक्षक वसन्तबहादुर कुँवरले सांसद विनोद चौधरीलाई बयान लिनुअघि संसदलाई पत्र पठाएर अतिरिक्त सक्रियता देखाएको स्वीकार गरेका छन् ।

सांसदहरुले संविधान र कानुनविपरीत छानबीनकै क्रममा संसदलाई पत्र पठाएको भन्दै आलोचना गरेपछि महानिरीक्षक कुँवरले सांसदको समय आफूहरुले होल्ड गर्नुपरेका कारण संसदमा पत्र पठाइएको बताए ।

सीआईबीले चौधरीमाथि छानबीन भइरहेको भन्दै सभामुखलाई पत्र लेखेको थियो ।

संसद चलेको अवस्थामा पक्राउ परे सभामुखलाई जानकारी दिनुपर्ने र संसद नचलेको अवस्थामा सूचना पाटीमा टाँस्नुपर्ने व्यवस्था रहे पनि छानबीनकै क्रममा पत्र पठाउनु शंकास्पद रहेको कांग्रेस सांसद दिलेन्द्र बढुको आशंका थियो ।

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा आईजीपी कुँवरले राप्रपा सांसद बुद्धिमान तामाङको प्रश्नको जवाफ दिँदै कांग्रेस सांसद विनोद चौधरीको पासपोर्ट किन सिज गर्ने समाचारमा सत्यता नरहेको बताए ।

प्रकाशित : १४ चैत्र २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह