गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले बैशाख १ गतेदेखि लागू हुने गरी उपाध्यायलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका यस अघिका सिइओ गोविन्द प्रसाद ढकालको कार्यकाल चैत ३० गते समाप्त हुने भएसँगै उपाध्यायलाई कम्पनीको सिइओमा नियुक्त गरिएको हो ।
यसअघि उपाध्याय कम्पनीको उपप्रमुख कार्यकारी अधिकृत रहेका थिए ।
प्रतिक्रिया