Logo

मुख्य समाचार

आरजुको दिल्लीमा शल्यक्रिया सम्पन्न: कसले चलायो भागेको हल्ला ?


gdpnepal
   १५ चैत्र २०८०, बिहिबार


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा आरजु राणा देउवा हाल नयाँदिल्लीमा उपचाररत रहेको र बुधवार उनको अपरेसन भएको उनको सचिवालयले जनाएको छ ।

नेतृ देउवा विगत दुई बर्ष देखि स्वास्थ्य समस्याका कारण चिकित्सकहरुको सल्लाह अनुसार भारतको नयाँ दिल्लीमा उपचार गर्दै आएकी छन् ।

उनले गत चैत्र २ गते संघीय संसद सचिवालयलाई जानकारी गराई स्वास्थ्य उपचारका लागि मित्र राष्ट्र भारत गएको स्वकीय सचिव कमल रावलले जानकारी दिए ।

”चिकित्सकहरुको सल्लाह अनुसार उहाँको नयाँ दिल्ली स्थित म्याक्स हस्पिटलमा हाइपर प्याराथाइरोडिज्मको शल्यक्रिया बुधबार चैत १४ गते सफलतापूर्वक सम्पन्न भएको छ,” उनले भने ।


हाल उनको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरुको परामर्श अनुसार अझै केही समय अस्पतालमै उपचार गर्नुपर्ने भएको रावलले जानकारी गराए।

नेपालमा भने राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेका कार्यकर्ताहरूले देउवा भागेको भन्दै सामाजिक सञ्जालमा जोडतोडले प्रचार गरिरहेका छन् ।

देउवालाई भुटानी शरणार्थी प्रकरणमा जोडेर दुवै दलका साइबर सेनाले प्रचार गरिरहे पनि तथ्यप्रमाण भने पेश गर्न सकेका छैनन् ।

प्रकाशित : १५ चैत्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह