Logo

मुख्य समाचार

गृहमन्त्री रविको धूमिल छविः प्रचण्ड र ओलीका पीएसओ बढुवा, सिनियरलाई बाइपास !


gdpnepal
   १५ चैत्र २०८०, बिहिबार


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जिम्मेवारी सम्हालेपछि भएको पहिलो बढुवा सिफारिसले उनको छवि थप धूमिल बनाएको छ ।

प्रहरी बढुवामा सबैभन्दा सिनियरलाई बाइपास गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीका पूर्व पीएसओहरु बढुवाको सूचीमा राखेसँगै गृहमन्त्री रविको छवि धूमिल भएको हो ।

प्रहरी प्रशासनमा पहिलो नम्बरमा रहेकालाई एक÷दुई अंक तलमाथि गरेर भए पनि बढुवा गर्ने परम्परा रहेकोमा यसपटक भने सबैभन्दा सिनियर डीएसपी प्रदीपकुमार क्षेत्री बढुवामै परेनन् ।

केपी शर्मा ओलीका पूर्व पीएसओ सन्तोष तामाङ र पुष्पकमल दाहालका पूर्व पीएसओ भने बढुवाको सिफारिसमा परे ।

यसले प्रहरीमा राजनीतिकरण झनै मौलाएको र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर प्रचण्ड, ओली र लामिछानेको लाचार छायाँमात्र बनेको देखिन्छ ।

कुँवर प्रहरी प्रमुख बनेयता यसअघि वरियतालाई प्राथमिकता दिने गरिए पनि पहिलोपटक सिनियरलाई छुटाएर राजनीतिक गन्ध आउनेगरी ८ एसपी बढुवा सिफारिस गरिएको हो ।

एसपी बढुवा प्रकरणले गृहमन्त्री लामिछाने आफ्नो पहिलो पहिलो परीक्षामै चुकेका छन् भने यसबाट प्रहरी प्रशासनमा पनि निराशा पैदा भएको छ ।

प्रकाशित : १५ चैत्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह