Logo

अर्थनीति

विद्युत् आयात सम्झौता तीन महिनामात्र नवीकरणः चीनसँग नजिकिए असारपछि ठप्प हुने !


gdpnepal
   १५ चैत्र २०८०, बिहिबार


काठमाडौं । नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ९ दिने भारत भ्रमणमा रहेका बेला भारतले नेपाललाई दबाबमा राख्न विद्युत आयात सम्झौताको पूर्ण नवीकरण गरेन ।

नेपाल र भारतबीच विद्युत् आयात सम्झौता तीन महिनाका लागि मात्र नवीकरण भएको छ । जबकि एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो ।

सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५५४ मेगावाट विद्युत् आयात गर्न पाइनेछ ।

नेपालमा गठबन्धन फेरिएसँगै भारत सतर्क छ र खासगरी नेपाल चीनतर्फ ढल्किन खोजेको भन्दै नेपाललाई अप्ठेरो पार्ने रणनीतिमा देखिन्छ ।

परराष्ट्रमन्त्रीले पहिलो विदेश भ्रमण चीनबाट सुरु गर्नुमात्र नभै अस्वाभाविक रुपमा ९ दिन उतै बिताउनुले नेपाल र चीनबीचको सम्बन्धका विषयमा भारत सशंकित देखिन्छ ।

बीआरआई कार्यान्वयनका लागि नेपालमा कम्युनिष्ट घटकहरुले गरिरहेको लबिङका कारण भारत सशंकित देखिएको हो ।

मधेशवादी दलसहित प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस बीआरआई कार्यान्वयनको पक्षमा नरहे पनि कम्युनिष्ट पार्टीहरुले यसलाई निकै प्राथमिकता दिइरहेका छन् ।

नेपालले बीआरआई कार्यान्वयन गरेको अवस्थामा भारतले नेपालबाट विद्युत् नकिन्ने र सुख्खायाममा नेपाललाई बिजुली बिक्रीसमेत नगर्ने अवस्था आउने जानकारहरु बताउँछन् ।

जसका कारण ऊर्जा क्षेत्रमा रहेको खर्बौं लगानी जोखिममा पर्ने र मुलुक टाट पल्टने सम्भावना देखिन्छ ।

भारतमा लोकसभा निर्वाचन नजिकएका कारण तत्काल ठूलो निर्णय नभए पनि नेपाललाई दबाबमा राख्न खोजेको देखिने तीन महिने सम्झौता नवीकरणले देखाएको यस मामिलाका जानकारहरु बताउँछन् ।

प्रकाशित : १५ चैत्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह