Logo

मुख्य समाचार

एमडीएमएसमा ९२ करोड भ्रष्टाचार गरेको भन्दै एनटीए पूर्व अध्यक्षसहित १९ विरुद्ध मुद्दा !


gdpnepal
   १५ चैत्र २०८०, बिहिबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमडीएमएस ९१ करोड ९८ लाख ३० हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै १९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तम प्रसाद खनालसहित वरिष्ठ निर्देशक आनन्द राज खनाल, निर्देशक मिन प्रसाद अर्याल, सहायक निर्देशक विनोद चन्द्र श्रेष्ठसमेत १९ जना विरुद्ध बिहीबार मुद्दा दायर गरिएको हो ।

उनीहरुसँगै २ वटा कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

मुद्दा दायर गरिएका अन्य कर्मचारीहरुमा निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशकहरु रेवती राम पन्थ,संदिप अधिकारी, सूर्य प्रसाद लामिछाने रहेका छन् । यस्तै, उपनिर्देशक अच्युतानन्द मिश्र, सहायक निर्देशक विजय कुमार राय यादव, प्रतिक्षा पौडेल, निराजन कोइरालाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।


अख्तियारले मूलतः सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावली मिचेर खरिद प्रक्रिया अघि बढाएको आरोप लगाएको छ ।

प्रकाशित : १५ चैत्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह