सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ६८ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आजदेखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम भाउ प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया