काठमाडाौं । भ्रष्टाचार मुद्दामा निलम्बित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले संसदीय काम कारवाहीमा उपस्थित हुन पाउने भएका छन् ।
भृकुटीमण्डपको जग्गा भाडामा लिँदा भ्रष्टाचारको आरोप लागेका गुरुङ गत संसदीय निर्वाचनमा मनाङबाट निर्वाचित भएका थिए ।
सर्वोच्च अदालतले गुरुङलाई संसदमा सहभागी हुने बाटो खोलिदिएको हो ।
ज्यायाधीशहरु डा. मनोजकुमार शर्मा र श्री विनोद शर्माको संयुक्त इजलासले शुक्रबार गुरुङले माग गरे बमोजिम अन्तरिम आदेश जारी गरेको हो ।
प्रतिक्रिया