Logo

मुख्य समाचार

रञ्जु दर्शनाको सेलरोटी व्यापारलाई प्रवर्द्धन गर्ने कि निरुत्साहित ?


gdpnepal
   १९ चैत्र २०८०, सोमबार


काठमाडौं । प्रतिनिधिसभा सदस्य रघुजी पन्तले विद्युतीय व्यापार विधेयकले साना र घरेलु व्यापारलाई निरुत्साहित गर्न खोजेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत वस्तु व्यापार भइरहेको तर विद्युतीय व्यापार विधेयकले रोक्न खोजेको उनको आरोप छ ।

राष्ट्रिय सभामा उत्पत्ति भइ प्रतिनिधिसभामा पेश भएको विद्युतीय व्यापार विधेयक २०८० माथि सैद्धान्तिक छलफलमा भाग लिँदै पन्तले यस्तो बताएका हुन् ।

“अघिल्लो दशैंतिहारमा रञ्जु दर्शनाले फेसबुकमा सेलरोटीको फोटो हालेर पनि अनलाइन व्यापापर गर्नुभयो,” सांसद पन्तले भने, “यो विद्युतीय व्यापार विधेयक जस्ताको तस्तै पारित भए यस्ता व्यापार व्यवसाय हतोत्साही हुन्छन् ।”

प्रकाशित : १९ चैत्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह