Logo

मनोरञ्जन

साउनदेखि उपत्यकामा बक्सअफिस, अब हलहरूले लुट्ने जमाना सकिए


appharu
   १ जेष्ठ २०७५, मंगलबार


काठमाडाैं । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखी विवादित बनेको बक्स अफिस प्रणालीमा अन्तत सहमति जुटेको छ ।

चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघ तथा विभिन्न सरोकारवाला पक्षसंग भएको १७ बुँदे सहमतीपछि साउन १ देखी उपत्यका र फागुन १ देखी देशभरका हलमा बक्स अफिस लागु गर्ने सहमती भएको हो ।

दुबै संघले सोमबार एक कार्यक्रम गरी शेयर बाँडफाँड दुबै पक्षले पालना गर्नुपर्ने शर्तका विषययमा जानकारी गराएका छन् । निर्माता, वितरक र हल सञ्चालकको त्रिपक्षिय सहमतीमा हलमा लागेका फिल्मको टिकट दर तोक्ने संझौता भएको छ ।

संझौता अनुसार अब सिनेमा हलले आफुहरुले प्रदर्शन गर्ने फिल्मको ट्रेलर, ब्यानर, पोष्टर र स्ट्याण्डी समेतको प्रचार सामाग्रीको दुई हप्तासम्म निःशुल्क सेवा दिुनपर्नेछ । मल्टिप्लेक्सले शेयरको रकम प्रत्येक हप्तामा फिल्म प्रदर्शन पश्चात् वितरकले भ्याट बिल जारी गरेको दुई हप्ताभित्र अनिवार्य रुपमा भुक्तानी गर्नुपर्नेछ ।

सिंगल स्टेशनको हकमा फिल्म उत्रेको दुई हप्ता भित्र भुक्तानी दिनुपर्ने अन्यथा उक्त अवधिभित्र भुक्तानी नभएमा निर्माता संघ र चलचित्र संघको संयूक्त कार्यदलले गरेको निर्णय अनुसार हर्जानासहित कारबाही समेत गरिने सम्झौता भएको छ । शुक्रबारबाट सिनेमा घरहरुले कुनै पनि हलभाडा वा हल खर्चको नाममा खर्च समेत काट्न नपाउने भएका छन् ।

काठमाडौं उपत्यका भित्रका चलचित्र हलहरुमा टिकट दर २ सय ५० अथवा ३ सय वा ३ सय रुपैँयाभन्दा बढी सिनेमा हल रहेको सिनेमा घरलाई मल्टिप्लेक्सको मान्यता दिइनेछ । उपत्यका बाहिरको हकमा टिकट दर २ सय अथवा ३ सय वा ३ सय रुपैयाँ भन्दा बढी टिकट दर भएका सिनेमा हल रहेको सिनेमा घरलाई मल्टिप्लेक्सको मान्यता दिइनेछ ।


निर्माता र प्रदर्शकबीच मल्टिप्लेक्स हलहरुले शेयर बाँडफाँडमा साता ५०, दोस्रो साता ४५, तेस्रो साता ४० प्रतिशत, चौथो हप्तादेखि ३५ प्रतिशत रकम निर्माता वा वितरकले पाउने सम्झौता भएको छ ।

सिंगल हलको हकमा भने नेट शेयर बाँडफाँड ५०/५० प्रतिशतको आधारमा हुने भएको छ । यस्तै, उपत्यका भित्र गोपीकृष्ण मुभिजको गोपी हल र कृष्ण हल, अष्टनारायणको क र ख हल, गुण सिनेमाको क, ख र च हल तथा बाराही मुभिजको क हललाई मल्टिप्लेक्स सरहको शेयर बाँडफाँड गरिनेछ ।

उपत्यका बाहिरको हकमा पोखराको श्रीकृष्ण, बाराहीको क र ख हललार्ई मल्टिप्लेक्स सरहको शेयर बाँडफाँड गरिने चलचित्र संघका अध्यक्ष प्रदीप उदयले जानकारी दिए । चलचित्र घरले आफ्नो चलचित्र घरमा रहेका क्याबिनको हिसाब समेत उपलब्ध गराउनु पर्नेछ ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकास अधिकारीले सरकारले लिएको नीतिलाई आत्मसाथ गरी अव सबै पक्षलाई वीन वीन अवस्थामा सहमती भएको बताए । अब यो संझौतालाई कार्यान्वयनको पक्षमा जोडदारका साथ लाग्ने उनले बताए । यो संझौतासंगै सबै निर्माता, वितरक तथा प्रदर्शक अनिवार्य रुपमा पारदर्शी व्यापारमा जानु पर्नेछ ।

चलचित्र निर्माताले वितरकलाई अनिवार्य रुपमा भ्याट बिल दिनु पर्नेछ । वितरकले शेयर रकम लिँदा प्रदर्शकलाई अनिवार्य रुपमा भ्याट बिल दिनुपर्नेछ । नेपालमा बर्षेनी झन्डै सयको हाराहारीमा फिल्म निर्माण हुने गरेका छन् ।

के हो बक्स अफिस ?
चलचित्र क्षेत्रको बास्तविक कमाइको विवरण देखाउने प्रणाली बक्स अफिस हो । यो प्रणाली जडान भएपछि कुन हलमा कति टिकट विक्री भयो भन्ने आधिकारिक तथ्याङ लिन सकिन्छ । अनलाइनबाटै पासवर्ड वा युजर कोडका आधारमा सम्वद्ध व्यक्तिले आफ्नो चलचित्रको टिकट विक्रीका विषयमा जानकारी लिन सक्छन् । सबै शोहरुको बारेमा निर्माता वा वितवरणकले अनलाइबाटै जानकारी लिन सकिन्छ ।

प्रकाशित : १ जेष्ठ २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह