नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ ।
संघले अण्डा साइज अनुसार नयाँ समर्थन मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य अनुसार ठूलो साइजको अण्डा प्रति क्रेट ३९० रूपैयाँ, मध्यम साइजको अण्डा प्रति क्रेट ३७५ रूपैयाँ र एक्सएल साइजका अण्डा प्रति क्रेट ४५० रूपैयाँ कायम गरिएको छ ।
संघका अनुसार नयाँ मूल्य चैत २२ अर्थात भोलिबाट लागू हुनेछ ।
नयाँ मूल्य लागू भएसँगै संघले बिक्रेतालाई सोही मूल्य अनुसार किनबेच गर्न आग्रह समेत गरेको छ ।
प्रतिक्रिया