Logo

मुख्य समाचार

जनार्दन शर्मा निकट राजकुमार शर्मा कर्णालीको मुख्यमन्त्रीबाट हट्न बाध्य !


gdpnepal
   २१ चैत्र २०८०, बुधबार


काठमाडौं । सत्ता साझेदार दलहरुबीच कर्णाली प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्री पाउने सहमति बनेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन्।

मुख्यमन्त्री शर्माले बुधबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन्। प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने योजना रहे पनि नेतृत्वको दबाबपछि अन्ततः राजीनामा गरेका हुन् ।

माओवादी तुलनात्मक रुपमा बलियो रहेको प्रदेशबाटै मुख्यमन्त्री एमालेलाई दिइँदा कार्यकर्तामा भने निराशा पैदा भएको छ । मुख्यमन्त्री शर्मा माओवादी नेता जनार्दन शर्मासँग पारिवारिक र राजनीतिक निकट मानिन्छन् ।

शर्मालाई नहटाउन जनार्दन शर्माले गरेको प्रयास सफल हुन सकेन ।

राजीनामा गर्दै उनले संघमा गठबन्धन परिवर्तन हुँदा त्यसको असर प्रदेशमा पर्ने प्रवृत्तिले संघीयता कमजोर हुने बताए।

‘केन्द्रीय सत्तामा आएको परिवर्तनले गर्दा मेरो नेतृत्वमा रहेको सरकारमा सहभागी दलले समेत फिर्ता लिएको संवैधानिक प्रक्रियाअनुरूप मैले विश्वासको मतका लागि अगाडि बढिरहेको सन्दर्भमा प्रदेश सरकारको निरन्तरता नदिने तथा विश्वासको मत समेतका लागि अनुरोध गर्न नसकिने परिस्थिति उत्पन्न भयो,’ उनले भने, ‘यसले सत्ताको खेललाई उदाङ्गो बनाएको छ, प्रदेश सरकारको स्थिरताबिना समृद्धि सम्भव छैन।’

संघमा गठबन्धन फेरबदल हुनेबित्तिकै प्रदेशमा पनि त्यसको असर पर्नु संघीयताको मर्म र भावनाविपरीत हुने उनले बताए।

प्रकाशित : २१ चैत्र २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह