Logo

बैंक / बिमा /शेयर

पिपुल्स पावरले डाक्यो साधारण सभा


GDP नेपाल
   २२ चैत्र २०८०, बिहिबार


पिपुल्स पावर कम्पनीले साधारण सभा डाकेको छ । कमपनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले छैंठौं र सातौं वार्षिक साधारण एकै पटक बोलाउने निर्णय गरेको हो ।

सभा वैशाख १७ गते लीसारा बैंक्वेट, नक्साल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने मुख्य एजेन्डा पेश गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ ।

सभामा दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ । सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना महिला सहित ५ जना र १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।

सभा गर्न कम्पनीले चैत २९ गते बुक क्लोज गर्ने भएको छ । चैत २८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीलाई यसअघि नै ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने विद्युत नियमन आयोगले पनि स्वीकृति दिएको छ । गत फागुन १९ गते बसेको बैठकले १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्नका कम्पनीलाई अनुमति दिएको हो ।

आयोगको पूर्वस्वीकृतिपछि अब हकप्रद सेयर निष्कासन प्रस्ताव सभामा पेश हुनेछ । सभाबाट पारित भएपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुनेछ ।

प्रकाशित : २२ चैत्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह