Logo

बैंक / बिमा /शेयर

एचआइडीसीएलको १ करोड ७८ लाख कित्ता सेयर लिलामी बिक्री खुला


GDP नेपाल
   २५ चैत्र २०८०, आइतबार


जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ । कम्पनीले आजदेखि कुल १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, संस्था वा कम्पनीले वैशाख ९ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकनेछन् । कम्पनीका अनुसार न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ ।

यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं तथा ग्लोबल आइएमई बैंकको शंखमुल नयाँबानेश्वर काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने कम्पनीले जनाएको छ ।

यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ ।

यसमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । 

प्रकाशित : २५ चैत्र २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह