Logo

मनोरञ्जन

मेयर थापाविरुद्ध सवा ५ करोड भ्रष्टाचार मुद्दा, दीपेन्द्र–खगेन्द्रको फिल्म ‘मेयर’ के होला ?


gdpnepal
   २८ चैत्र २०८०, बुधबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीस्थित बागमती नगरपालिकाका नगर प्रमुख (मेयर) भरत कुमार थापाविरुद्ध ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सर्लाहीको बहुचर्चित ताल बनाउने मेयर भनेर ख्याती कमाएका मेयरले तालको नाम नराखी आफ्नै नाम भरत तालका रुपमा चर्चा गराएका थिए ।

उनीविरुद्ध स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनले मेयरको पदभार सम्हालेको २०७४ असोज ७ गतेदेखि २०७७ माघ २९ गतेसम्मको सम्पत्ति अख्तियारले छानबीन गरेको थियो ।

मेयर थापालेसार्वजनिक पदको दुरुपयोग गरी ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पाइएको अख्तियारको दावी छ । उनलाई सोही ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय हुनका साथै निजले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत÷असुल उपर हुन मागदाबी लिइएको अख्तियारले जनाएको छ ।

मेयर फिल्म अब के होला ?
विवादास्पद मेयर भरत थापाको जीवनकथामा फिल्म ‘मेयर’ बनाउन तम्सिएका निर्देशक दिपेन्द्र खनाल तथा कलाकार खगेन्द्र लामिछानेलगायत माथि भने नैतिक प्रश्न तेर्सिएको छ ।

थापाकी छोरी अरविसा थापा र सागर मैनालीले निर्माण गरिरहेको उक्त फिल्मलाई निर्देशक खनालले बायोपिक फिल्मको संज्ञा दिएका थिए ।

फिल्ममा अहिलेसम्म अभिनेता प्रकाश घिमिरेसहित खगेन्द्र लामिछाने, अर्पण थापा, वर्षा राउतलगायतले अभिनय गरेका छन् ।

फिल्म जसको जीवनकथामा आधारित हो, सोही व्यक्ति नै अकूत सम्पत्ति आर्जनमा दोषीका रुपमा अदालतमा मुद्दा परेपछि मुलुकका प्रतिष्ठित निर्देशक र कलाकारहरु नैतिक संकटमा परेका हुन् ।

प्रकाशित : २८ चैत्र २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह