Logo

मुख्य समाचार

गुगलको आधिकारिक प्रतिनिधि अब नेपालमा, मेडियम वाइ अलेफले हेर्ने


gdpnepal
   २९ चैत्र २०८०, बिहिबार


काठमाडौँ । अलेफ ग्रुप अन्तर्गतको मेडियम वाइ अलेफ कम्पनी नेपालका लागि गुगलको आधिकारिक बिक्रेता बनेको छ । गुगलको आधिकारिक बिक्री प्रतिनिधिका रुपमा कम्पनीले स्थानीय विज्ञापन एजेन्सी र विज्ञापनदाताका लागि गुगल एडमार्फत प्रभावकारी विज्ञापनका लागि सहयोग गर्नेछ ।

कम्पनीले स्थानीय विज्ञापनदाताका लागि सर्च इन्जिन, युट्युव र डिस्प्लेलगायतका सेवासम्बन्धी सेवा प्रदान गर्नेछ । लक्षित उपभोक्तामा विज्ञापनको पहुँच बढाउनका लागि प्रभावकारी अभियान सञ्चालन गर्न पनि विभिन्न सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

गुगलमा प्रयोगकर्ताहरुले प्रत्येक दिन अर्बौ पटक विभिन्न कुराहरु खोजी गर्छन । गुगल एडमार्फत विज्ञापनदाताले प्रयोगकर्ताहरुका ती रुचि र आवश्यकताअनुसारका सूचना, प्रडक्ट र सेवाका माध्यमबाट उनीहरुसम्मको पहुँच स्थापित गर्नमा कम्पनीले सहयोगी भूमिका खेल्नेछ ।

विश्वव्यापीरुपमा गुगल एड टुल्स कुनै पनि व्यवसाय प्रबर्द्धन गर्न, प्रडक्टलाई लक्षित ग्राहकसम्म पु¥याउन र प्रभावकारी बजारीकरणका लागि सबैभन्दा प्रभावकारी माध्यम बनेको छ । ग्राहकहरुले गुगल एडको सुविधामार्फत विज्ञापनको वास्तविक नतिजा मापन गर्न सक्छन् । जस्तै लगानीअनुसारको वेवसाइटमा कतिपटक क्लिक भयो वा सो विज्ञापनमार्फत कतिवटा फोन आए भन्नेसम्मको मापनको सुविधा विज्ञापनदाताले पाउनेछन् । त्यति मात्रै होइन, ग्राहकहरुले आफूलाई आवश्यकताअनुसार मासिकरुपमा कतिसम्म गुगल एडमा खर्च भन्ने निर्णय लिन पनि यसप्रकारको नतिजा सहयोगी हुनेछ ।

गुगलसँगको यो सम्झौता मेडियम वाइ अलेफको हालै एसिया प्यासिफिक क्षेत्रमा गुगल एडसँगको सम्बन्धका आधारमा सम्भव भएको हो । कम्पनीले हालै बंगालादेशमा पनि गुगलको मिडिया बिक्री प्रतिनिधिका रुपमा काम गरिरहेको छ । एसिया प्यासिफिकबाहेक मेडियम वाइ अलेफ र गुगल एडले मध्यपूर्व र उत्तर अमेरिकामा पनि प्रभावकारी रुपमा काम गरिरहेका छन् । हाल मेडियम वाई अलेफले मोरक्को र इराकमा गुगल एडको आधिकारिक बिक्रेताका रुपमा रुपमा पनि काम गरिरहेको कम्पनीको भनाइ छ ।

मेडियम वाइ अलेफका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अल्वर्टो अल्भारेजले भने, “गुगल एड एसिया प्यासिफिक क्षेत्रमा विकसित हुँदै गरेका व्यवसायका लागि नयाँ औजार हो, यस औजरमार्फत विज्ञापनदाताले गुगल सर्च टुल्सको प्रयोग गरी विभिन्न प्रकारका डाटा संकलन, उपभोक्ता लक्षित विज्ञापन गर्न तथा विभिन्न माध्यम जस्तै युट्युव, गुगल म्याप र सर्च टुलमार्फत प्रयोगकर्तासम्म पुग्न र उनीहरुलाई त्यसप्रक्रियामा संलग्न गराउन सक्नेछन् । हामी आगामी दिनमा उपभोक्तालाई वास्तविक नतिजा उपलब्ध गराउँदै गुगल एडसँगको सम्बन्धलाई अझ बलियो बनाउन चाहन्छौँ ।”

गुगल सर्च इन्जिन, च्यानल सेल्सका पार्टनर प्रफर्मेन्स प्रमुख तारा यूनले भने, “हामी मिडियम ग्रुप वाई अलेफसँगको सहकार्यका लागि उत्साही छौँ, यस सहकार्यमार्फत हामीले कम्बोडिया र नेपालमा हाम्रो उपस्थिति बढाउने छौँ । डिजिटल इकोसिस्टमका क्षेत्रमा कैयन अवसरहरुमा हामी मिलेर काम गर्न सक्छौँ ।”

मेडियम ग्रुप वाइ अलेफ

मेडियम ग्रुप सन् २०२१ मा एलडीएम होल्डिङ अन्तर्गत स्थापित कम्पनी हो । यो कम्पनीले विज्ञापनदातालाई लक्षित र अनुभवी स्थानीय संस्थामार्फत ल्याटिन अमेरिकामा गुगल एड खाता र अभियानलाई गुगलका सबै प्लेटफर्ममा उपलब्ध गराउनका लागि काम गरेको थियो । मेडियम ग्रुप यतिबेला एसिया प्यासिफिकसँगै मध्यपूर्व र उत्तरअमेरिकाका लागि गुगलको प्रतिबद्ध प्रतिनिधिका रुपमा काम गरिरहेको कम्पनी हो । हाल यस कम्पनीले बंगलादेश, मोरक्को र इराकमा गुगलको आधिकारिक बिक्री प्रतिनिधिकारुपमा त्यहाँको आर्थिक विकासको उद्देश्यले लागि काम गरिरहेको छ ।

अलेफ  

अलेफ ग्लोबल डिजिटल एक्पर्टका लागि बहुआयामिक नेटवर्क भएको टेक्नोलोजी ड्रिभन कम्पनी हो । जसले डिजिटल इकोसिस्टमको क्षेत्रमा काम गरिरहेको छ । कम्पनीले विश्वका १३० भन्दा बढी देशका गुगल, मेटा, माइक्रोसप्ट, पिनट्रेस्ट, रेडिट, स्न्याप, स्पोटिफाइ, टिकटक, टिवीच, उबर, एक्स (ट्विटर)जस्ता ४५ भन्दा बढी डिटिजल प्लेटफर्ममार्फत अर्बौ विज्ञापनदाता र ग्राहकलाई एकआपसमा जोड्ने काम गरिरहेको छ । कम्पनीले उपयुक्त प्रविधिको विकास र आपूर्ति गरी स्थानीय स्तरमा देखिएको समस्या समाधान, स्थानीय उद्योगलाई प्लेटफर्म उपलब्ध, निःशुल्क डिजिटल विज्ञापन शिक्षा उपलब्ध गराउनका लागि सामाजिकरुपमा पहल समेत गर्दै आएको छ । कम्पनीले हालै नयाँ प्रडक्ट अलेफ पेमेन्टमार्फत क्रसबोर्डर विद्युतीय भुक्तानी क्षेत्रमा काम गर्दै आएको जनाएको छ । 

अलेफ सन् २००५ मा स्थापना भएको कम्पनी हो । कम्पनीको नेतृत्व संस्थापक सीइओ ग्यास्टोन तरोन्ताले हालसम्म गरिरहेका छन् । उनी प्रविधिका माध्यमबाट विश्व अर्थतन्त्रको विकासमा योगदान पु¥याएको योगदान वापत सन् २०२२ मा अर्नस्ट एण्ड योङ उद्यमी अवार्डबाट सम्मानित भएका थिए । हाल कम्पनीका ६५ भन्दा बढी कार्यालयमा एक हजार पाँच सयभन्दा बढी कर्मचारी कार्यरत छन् ।

प्रकाशित : २९ चैत्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह