Logo

बैंक / बिमा /शेयर

बैशाखका लागि अधिकांश वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?


GDP नेपाल
   ३० चैत्र २०८०, शुक्रबार


काठमाडौँ । अधिकांश वाणिज्य बैंकहरुले बैशाख महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् ।

बैंकहरूले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर ७.०६ प्रतिशत भएको छ । चैतमा औसत ब्याजदर ७.२५ प्रतिशत रहेको छ । औसतमा हेर्दा बैंकहरुको ब्याजदर ०.१८ विन्दुले घटको छ । चैतको तुलनामा बैशाख महिनामा १३ वटा बैंकले ब्याजदर घटाएका छन् भने ५ ले स्थिर राखेका छन् । दुई बैंकले भने ब्याजदर बढाएका छन् ।

वाणिज्य बैंकहरुमध्ये नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक र सिद्धार्थ बैंकले चैतका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्।

व्यक्तिगत मुद्दति निक्षेपमा नेपाल बैंकले ६.७५ प्रतिशत, लक्ष्मी सनराइजले ७ प्रतिशत, कुमारी बैंकले ७.२६ प्रतिशत र सिद्धार्थ बैंकले ७.२५ प्रतिशत अधिकतम ब्याज दिने भएका छन्। चैतमा व्यक्तिगत मुद्दति निक्षेपमा नेपाल बैंकले ७ प्रतिशत, लक्ष्मी सनराइजले ७.५ प्रतिशत, कुमारी बैंकले ७.५१ प्रतिशत र सिद्धार्थ बैंकले ७.५ प्रतिशत अधिकतम ब्याज दिका थिए।

यसैगरी वैशाखमा संस्थागत मुद्दति निक्षेपमा नेपाल बैंकले ४.७५ प्रतिशत, लक्ष्मी सनराइजले ६ प्रतिशत, कुमारी बैंकले ६.२६ प्रतिशत र सिद्धार्थ बैंकले ६ प्रतिशत अधिकतम ब्याज दिने भएका छन्। यसअघि चैतमा संस्थागत मुद्दति निक्षेपमा नेपाल बैंकले ६ प्रतिशत, लक्ष्मी सनराइजले ६.५ प्रतिशत, कुमारी बैंकले ६.५१ प्रतिशत र सिद्धार्थ बैंकले ६.५ प्रतिशत अधिकतम ब्याज दिने भएका छन्।

अहिलेसम्म प्राप्त सूचनाअनुसार वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपतर्फ माछापुच्छ्रे बैंकले अधिकतम ७.२५ प्रतिशत, एभरेष्टले ७ प्रतिशत, एनआईसी एसियाले ७.७५ प्रतिशत, ग्लोबल आइएमईले ७ प्रतिशत, हिमालयन ७.५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाले ७ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि ७ प्रतिशत उपलब्ध गराउनेछन्। वैशाखमा संस्थागत मुद्दति निक्षेपतर्फ माछापुच्छ्रे बैंकले अधिकतम ५.५० प्रतिशत, एभरेष्टले ६ प्रतिशत, एनआईसी एसियाले ६.७ प्रतिशत, ग्लोबल आइएमईले ६ प्रतिशत, हिमालयन ६ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाले ६ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि ५.२५ प्रतिशत उपलब्ध गराउनेछन्।

वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपमा कृषि विकास बैंकले ५.६६ प्रतिशत र सिटिजन्स बैंकले ७.२५ प्रतिशत अधिकतम ब्याजदर निर्धारण गरेका छन्। यसअघि चैतमा कृषि विकास बैंकले ५.६६ प्रतिशत र सिटिजन्स बैंकले ७.१५ प्रतिशत अधिकतम ब्याजदर निर्धारण गरेका छन्। वैशाखमा संस्थागततर्फ भने कृषि विकास बैंकले ४.५१ प्रतिशत र सिटिजन्सले ६.५ प्रतिशत अधिकतम ब्याजदर दिने भएका छन्।

उता राष्ट्रियस्तरका विकास बैंकहरुले वैशाखमा मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। वैशाखमा राष्ट्रियस्तरका विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ७.७५ प्रतिशत र संस्थागतमा ६.७५ प्रतिशत ब्याज दिने भएका छन्। चैतमा विकास बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ८.०५ प्रतिशत र संस्थागतमा ७.०५ प्रतिशत ब्याज दिएका थिए।

प्रकाशित : ३० चैत्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह