भष्ट्राचार प्रमाणित भए झुन्डिएर मर्न तयार छु– घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेकपाका सांसदले ९ अर्ब रुपैँया भन्दा पनि बढि भष्ट्राचार गरेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा सांसद अमनलाल मोदीले सो आरोप लगाएका हुन ।
सांसद मोदीले डेडिकेटेड फिडर तथा ट्रंक लाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरूसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि कार्यकारी निर्देशक घिसिङ आक्रोशित भएका थिए ।
जवाफ दिने क्रममा घिसिङले आफुले कुनै भष्ट्राचार गरेको प्रमाणित भए झुन्डिएर मर्न तयार भएको भन्दै तथ्य र वास्तविकता विना नबोल्न सांसद मोदीलाई चेतावनी दिए । “सांसद हुँ भन्दैमा जे पनि बोल्न मिल्दैन, सत्य तथ्यमा बोल्नुस अनावश्यक चार्ज नगुर्नस” सांसद मोदीलाई नै इकिंत गर्दै घिसिङले भने ।
करिव ६ महिनादेखी सांसद मोदीको निर्वाचन क्षेत्रमा ३ किलोमिटर तार तान्न नपाएको भन्दै त्यसले मोरङको कटहरीमा निर्माण सम्पन्न भएको सवस्टेनसन चार्ज गर्न नसकेकेको कार्यकारी निर्देशक घिसिङको भनाइ थियो । “जनप्रतिनिधि आफैले विकास निर्माणका काम रोक्ने ?” काम गर्न पनि नदिने र काम गरेका व्यक्तिलाई पनि भष्ट्राचार गरेको आरोप लगाउँदै हिड्ने भन्दै सांसदप्रति आपत्ति जनाए ।
कुलमान विरुद्ध आक्रोशित भएका मोदीले २५ मेगावाटको सोलार प्लान्ट र कोसी करिडोर प्रसारण लाइनको ठेकेदार छनौटमा भ्रष्टचार भएको आरोप लगाए । आफ्नो विद्युतगृहबाट विद्युत उत्पादन नगरी कमिसनको खाँदै भारतबाट बढी विद्युत् आयात गरिएको उनको आरोप थियो ।
प्रतिक्रिया