Logo

मुख्य समाचार

सचिव सरुवामा प्रचण्ड सरकारको कीर्तिमान, डेढ महिनामा १८ सचिव हेरफेर


gdpnepal
   २ बैशाख २०८१, आइतबार


काठमाडौं । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसँग नयाँ गठबन्धन बनाएसँगै पुष्पकमल दाहाल प्रचन्ड नेतृत्वको सरकार अन्य निर्णयमा सुस्त देखिए पनि सचिव सरुवामा भने अब्बल देखिएको छ ।

सरकार पुनर्गठन भएको डेढ महिनायता अहिलेसम्म कूल १८ सचिवको सरुवा भइसकेको छ ।

सरकारमा उपप्रधानसहित गृह मन्त्रीको जिम्मेवारी सम्हालेका रवि लामिछानेले २८ फागुनमा प्रधानमन्त्री कार्यालयबाट एक नारायण अर्यालको सरुवा गरी आफ्नो मन्त्रालय लगेका थिए ।

२१ फागुनमा नयाँ गठबन्धन सरकार बनेको र त्यसको तेस्रो दिन २३ फागुनमा सपथ लिएका लामिछानेले ५ दिन पूरा नहुँदै आफ्नो रोजाइको सचिव मन्त्रालय भित्र्याएका थिए ।

त्यसपछि १६ चैतमा २ सचिवको सरुवा गरेको सरकारले १९ चैतमा भने एकैपटक १० सचिवको सरुवा गरेको थियो ।

यसैबीच, सरकारले शुक्रबार पनि थप ५ जना सचिवको सरुवा गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिव दिनेश भट्टराईको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा र महिला बालबलिका मन्त्रालयका सचिव सुमनराज अर्यालको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलको राष्ट्रिय तथ्यांक तथा उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको जनाइएको छ ।

यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ ।

प्रकाशित : २ बैशाख २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह