Logo

अर्थनीति

स्वदेशी उद्योगको विकासमार्फत अर्थतन्त्र अझै चलायमान बनाउन सकिन्छ: मन्त्री भण्डारी


GDP नेपाल
   ६ बैशाख २०८१, बिहिबार


काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उद्योगको विकासको माध्यमबाट अर्थतन्त्र अझै चलायमान बनाउन आवश्यक रहेको बताएका छन् ।

बिहीबर काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाद्धरा आयोजित कार्यक्रममा उनले सवल र सक्षम अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायहरुको आत्मबल बढाउँदै नयाँ आर्थिक अवसरहरु सृजना गर्न आवश्यक रहेको बताए ।

उनले भने,‘केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधारहरु आउन थालेको छ । अर्थतन्त्रमा केही सूचकहरु सुधारोन्मुख रहेको वर्तमान अवस्थामा व्यापार व्यवसाय तथा स्वदेशी उद्योग विकासको माध्यमबाट अर्थतन्त्र अझै चलायमान बनाउन आवश्यक देखिन्छ । सवल सक्षम अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायहरुको आत्मबल बढाउँदै नयाँ आर्थिक अवसरहरु सृजना गर्न आवश्यक देखिएको छ । यसले एकातिर अर्थतन्त्रमा सकरात्मक सन्देश प्रवाह गर्छ भने अर्कातिर देशभित्रै रोजगारीको अवसर सृजना हुन्छ ।’

मन्त्री भण्डारीले लेखा व्यवसायीहरुको कार्य कुशलतामार्फत बिभिन्न कम्पनी तथा निकायका वित्तिय विवरणहरु यतार्थ र उचित प्रश्तुतीकरणले गर्दा शासकीय प्रवन्ध दिगो र बलियो हुनुपर्नेमा जोड दिए । उनले व्यवसायीहरुका कारण अर्थतन्त्रमा पारदर्शिता, जवाफदेहीता ,व्यवस्थापकीय संक्षमता एवम् वित्तिय अनुशासन पालना समेत थप प्रभावकारिता हासिल हुँदै गएको पनि बताए ।

प्रकाशित : ६ बैशाख २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह