Logo

बैंक / बिमा /शेयर

१३ प्रतिशतले घट्यो वाणिज्य बैंकहरुको नाफा, कुनले कति कमाए ?


GDP नेपाल
   ७ बैशाख २०८१, शुक्रबार


काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

गत वर्षको यसै अवधिको तुलनामा बैंकहरुको नाफा १३.४७ प्रतिशतले घटेको हो । गत वर्ष बैंकहरुले ४७ अर्ब १ करोड ५३ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

यस अवधिमा सबैभन्दा धेरै नाफा गर्नेमा नबिल बैंक रहेको छ । तेस्रो त्रैमाससम्ममा नबिल बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको तुलनामा भने बैंकको नाफा ८.७६ प्रतिशतले घटेको हो । गत वर्षको सोहि अवधिमा बैंकले ५ अर्ब ११ करोड ६१ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले यस अवधिमा ३ अर्ब ३० करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ ।

प्रकाशित : ७ बैशाख २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह