Logo

Banner-news

एफडीआई २४ अर्ब घट्यो: किन पत्याएनन् ओली सरकारलाई विदेशी लगानीकर्ताले ?


GDP Nepal
   १४ जेष्ठ २०७६, मंगलबार


काठमाडौं । सरकारले दिगो आर्थिक विकासका लागि वाह्य लगानीमा जोड दिए पनि चालू आर्थिक वर्षको फागुनसम्ममा वैदेशिक लगानी भने निराशाजनक अवस्थामा छ ।

यो अवधिमा २१८ उद्योगका लागि ११ अर्ब १८ करोड ६ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । जुन अघिल्लो वर्षको तुलनामा एकतिहाई मात्रै हो । अघिल्लो वर्षको सोही अवधिमा १ सय ९४ उद्योगका लागि ३४ अर्ब ९१ करोड रूपैयाँ प्रतिवद्धता आएको थियो ।

विदेशी लगानीमा सञ्चालन हुने उद्योगको दर्ता संख्या बढेपनि रकमका हिसावले भने निराशाजनक अवस्था छ । सरकारले विदेशी लगानी भित्र्याउन लगानी सम्मेलनको तयारी गरिरहँदा लगानी प्रतिवद्धता घट्नुलाई अस्वाभाविक रुपमा लिइएको छ ।

विदेशी लगानीलाई सहज तरिकाले एकै ठाउँबाट सेवा दिन सरकारले हालै एकल विन्दु सेवा केन्द्र पनि सञ्चालनमा ल्याएको छ । फागनुसम्म खुद वैदेशिक लगानी भने ६ अर्ब ६६ करोडमात्र प्राप्त भएको छ ।

अघिल्लो वर्ष भने १४ अर्ब २४ करोड थियो । फागुनसम्म वैदेशिक लगानीवापत २३ अर्ब ८९ करोड लाभांश भुक्तानी भएको छ । जबकि अघिल्लो वर्ष ३४ अर्ब लाभांश भुक्तानी भएको थियो ।

प्रकाशित : १४ जेष्ठ २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह