Logo

अर्थनीति

घरजग्गा कारोबार घटे पनि भाडाजन्य क्रियाकलाप बढ्योः मूल्य अभिवृद्धि वृद्धिदर ३ प्रतिशत


gdpnepal
   १८ बैशाख २०८१, मंगलबार


काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा घरजग्गा कारोवारको सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ ।

घर जग्गाको कारोबारमा तुलनात्मक रूपमा कमी आएको भए पनि निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान गरिएको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर २.१८ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर १.७२ प्रतिशत कायम गरिएको छ।

प्रकाशित : १८ बैशाख २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह