Logo

Banner-news

रेलको बजेट साढे ७ अर्बमात्रै: फाष्ट ट्रयाकलाई २० अर्ब र हुलाकी राजमार्गलाई १५ अर्ब !


GDP Nepal
   १५ जेष्ठ २०७६, बुधबार


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि बहुप्रतीक्षित रेलमार्गका लागि साढे ७ अर्बमात्रै बजेट विनियोजन गर्ने भएको छ ।

तर, काठमाडौं तराई द्रुतमार्गका लागि भने २० अर्ब तथा हुलाकी राजमार्गलाई १५ अर्ब बजेट विनियोजन हुने भएको छ ।

बुधबार संसदमा पेश हुने बजेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ३७ अर्बमध्ये मध्यपहाडी लोकमार्गलाई १० अर्ब विनियोजन हुने भएको छ ।

पूर्वाधार निर्माणमा चालू आर्थिक वर्षको भन्दा ३५ प्रतिशत बढी विनियोजन गर्ने गरी प्रस्ताव गरी अर्थ मन्त्रालयबाट स्वीकृत भएको जनाइएको छ । यस्तै, उत्तर–दक्षिण लोकमार्गका लागि ५ अर्ब ५० करोड बजेटको प्रस्ताव स्वीकृत भएको छ ।

मन्त्रालयले आगामी आर्थिक वर्षदेखि सबै राजमार्गलाई एशियालीस्तरको मार्गका रूपमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । अब बन्ने कुनै पनि राजमार्ग चार लेन घटीका निर्माण नहुने भएका छन् ।

काठमाडौँबाट पोखरा, सूर्यविनायक–धुलिखेललगायत मार्गलाई स्तरोन्नति गरी चार लेन बनाउने मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह