Logo

बैंक / बिमा /शेयर

सञ्चालकले शेयर बिक्री गर्न पाउने व्यवस्था लागू गर्न निर्जीवन बीमा व्यवसायी संघको आग्रह


GDP नेपाल
   १३ जेष्ठ २०८१, आइतबार


काठमाडौँ ।  निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघले आज नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीससँग भेटवार्ता गरेको छ ।

सो भेटमा संघले हाल सञ्चालकहरुको शेयर पदमा रहँदा र पदबाट हटेको एक बर्षसम्म पनि बिक्री गर्न नपाइने व्यवस्थाले गर्दा कैंयौं बर्षदेखि लगानीकर्ता सञ्चालकहरु व्यक्तिगत रुपमा अप्ठ्यारोमा परेको बताएको छ ।

आफूलाई समस्या परेकाबेला शेयर बिक्री नपाउँदा सञ्चालकहरु समस्या परेको बताउँदै संघले सबै लगानीकर्ताहरु जस्तै सञ्चालकहरु समेत कम्पनीको लगानीकर्ता नै रहेकाले सो प्रावधानलाई पुनरावलोकन गर्न अनुरोध समेत गरेको छ।

भारत लगायत अन्य मुलुकमा पनि अग्रिम रुपमा सञ्चालकले घोषणा गरेर शेयर बिक्री गर्ने व्यबस्था रहेको उदाहरण दिँदै संघले नेपालमा पनि सोही व्यवस्था गरी वा नियमानकारी निकायको स्वीकृति लिई निश्चित सीमासम्म आफ्नो शेयर बिक्री गर्न सकिने व्यवस्था गर्न बोर्डको ध्यानाकर्षण गराएका हो ।

उक्त भेटघाटमा संघ अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष मनोहर दास मुल, कोषाध्यक्ष रमेश कुमार निरौला, सदस्य आजाद श्रेष्ठ एवं बालकृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो ।

प्रकाशित : १३ जेष्ठ २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह