Logo

Banner-news

भारतको लोभलाग्दो प्रगतिः बेलायतलाई उछिन्दै विश्वकै पाँचौं ठूलो अर्थतन्त्र !


GDP Nepal
   २६ जेष्ठ २०७६, आइतबार


नयाँदिल्ली (एजेन्सी): नेपालको दक्षिणी छिमेकी भारतले आर्थिक क्षेत्रमा हासिल गरेको प्रगति निकै लोभलाग्दो छ । समाचारहरुमा जनाइएअनुसार यो वर्ष विश्वकै पाँचौं ठूलो अर्थतन्त्रमा भारतले बेलायतलाई पछि पार्ने देखिएको छ ।

ग्लोबल इन्फर्मेसन प्रोभाइडर आईएचएस मार्केटका अनुसार सन् २०२५ सम्म जापानलाई पनि पछि पार्दै भारत एसिया–प्रशान्त क्षेत्रको दोस्रो ठूलो अर्थतन्त्र हुनेछ ।

गत महिना सम्पन्न लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी तथा भाजपाको जितमा आईएचएस मार्केटले यो रिपोर्ट सार्वजनिक गरेको हो । मोदी सरकारको दोस्रो कार्यकालमा आर्थिक परिदृश्य सकारात्मक देखिएको छ ।

२०१९ देखि २०३३ सम्म वार्षिक औसत जीडीपीको वृद्धि दर ७ प्रतिशत रहने अनुमान गरिएको छ ।

विश्वको ठूलो अर्थतन्त्रको देशको वरियतामा उकालो लाग्नाले विश्वव्यापी जीडीपीमा उसको योगदान पनि बढ्ने छ । भारतका कारण एसियाली क्षेत्रमा व्यापार तथा लगानी प्रवाह बढाउनमा सहयोग मिल्नेछ ।

मोदीको दोस्रो कार्यकालमा महत्वपूर्ण आर्थिक सुधारको चुनौती जारी रहने रिपोर्टमा उल्लेख गरिएको छ । सरकारी बैंकमा सुधार तथा एनपीएको बोझ कम गर्न नीतिमा प्राथमिकता दिइने छ ।

जीडीपीमा म्यानुफ्याक्चरिङ क्षेत्रको योगदान २५ प्रतिशतको तुलनामा केबल १८ प्रतिशत रहेको छ । आगामी दुई दशकमा प्रत्येक वर्ष औसत करिब ७५ लाख रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । यस कारण सरकारलाई म्यानुफ्याक्चरिङ तथा सेवा क्षेत्रमा रोजगारी बढाउने दबाब रहनेछ ।

प्रकाशित : २६ जेष्ठ २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह