Logo

अर्थनीति

युक्रेनलाई रुसी सम्पत्तिबाट ५० अर्ब डलर ऋण दिने जी–७ को सहमति


GDP नेपाल
   १ असार २०८१, शुक्रबार


काठमाडौं । जी–७ शिखर सम्मेलनले युक्रेनलाई जफत भएको रुसी सम्पत्तिबाट ५० अर्ब डलर ऋण दिने सहमति गरेको छ ।

सो रकम युक्रेनले रुसविरुद्धको युद्धमा खर्च गर्न सक्नेछ । इटालीमा जारी जी–७ राष्ट्रहरुको शिखर सम्मेलनले यस्तो सहमति दिएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसबाट हामीहरु पछि हट्दैनौँ भन्ने अर्को चेतावनीमूलक सन्देश दिएको बताएका छन् ।

यता रुसले भने यो ऋण सम्झौताको नतिजा धेरै पीडादायी हुने उल्लेख गरेको छ ।

सम्मेलनका क्रममा बाइडेन र युक्रेनका राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको थियो । त्यसक्रममा उनीहरुले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

जी–७ मा अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायत सदस्य छन् ।

प्रकाशित : १ असार २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह