Logo

अर्थनीति

विराटनगर महानगरको बजेट ३ अर्ब ४९ करोड


GDP नेपाल
   ११ असार २०८१, सोमबार


विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ ।
सोमबार महानगरको चौथो नगरसभामा उपमेयर शिल्पा निराला कार्कीले उक्त बजेट पेस गरेकी हुन् ।

चालु आर्थिक वर्षको तुलनामा महानगरले १३ करोड ८१ लख ६० हजार ४ सय रुपैयाँ बढी बजेट ल्याएको हो ।

महानगरले आगामी आर्थिक वर्षको लागि आम्दानीतर्फ वित्तीय समानीकरण अनुदान संघीय सरकारबाट ३२ करोड ६६ लाख, प्रदेश सरकारबाट २ करोड ४९ लाख २९ हजार, राजस्व बाँडफाँटमध्ये मूल्य अभिवृद्धि करबाट १६ करोड ११ लाख ७६ हजार १ सय २६ रुपैयाँ अनुमान गरेको छ ।

यस्तै, अन्तस्शुल्कबाट ५ करोड ८५ लाख ४१ हजार २ सय ७९, वन रोयल्टीबाट ५ लाख ८२ हजार ५ सय ९५, घर जग्गा रजिस्ट्रेसन दस्तुरबाट ५६ करोड ७९ लाख २८ हजार, सवारी साधन करबाट ३ करोड ८७ लाख १ हजार र मनोरन्जन तथा विज्ञापन कर वापत १ करोड, आन्तरिक आयतर्फ १ अर्ब १० करोड ८६ लाख ८५ हजार तथा नगद मौज्दात २५ करोड अनुमान गरिएको छ ।

यसैगरी संघीय सरकारबाट सशर्त अनुदान ८० करोड ७७ लाख, विशेष अनुदान ७ करोड ५० लाख, समपूरक अनुदान २ करोड आम्दानी हुने अनुमान गरिएको छ ।

व्ययतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ५९ करोड, ऋणको सावा ब्याज भुक्तानी ५ करोड, चालु आवको खर्च तर्फको दायित्व भुक्तानी ३ करोड ३४ लाख ८३ हजार, समपूरक कार्यक्रममा ६ करोड १० लाख, वडास्तरीय योजनातर्फ ४३ करोड ३ लाख १२ हजार, बहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरिआएका योजनाहरूको भुक्तानीका लागि ५० करोड विनियोजन गरेको छ ।

यसैगरी बस्ती विकास र तराइ मधेश समृद्धि कार्यक्रमतर्फ ५ करोड ६० लाख, आरयूडीपीअन्तर्गत बनेका सडक ढल नाला तथा अन्य मर्मत सम्भार तर्फका लागि ४ करोड ५० लाख, मर्मत सम्भार तर्फका लागि १० करोड तथा भारी सवारी साधन खरिदका लागि २ करोड बजेट विनियोजन गरेको उपप्रमुख कार्कीले जानकारी दिइन् ।

 

प्रकाशित : ११ असार २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह