काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ७०.८१ अंकले बढेर दुई हजार ९३१.६५ विन्दुमा पुगेको छ ।
बैंकिङ ४५, विकास बैंक १६३, फाइनान्स १६६, होटल तथा पर्यटन २२०, हाइड्रोपावर १२३, ब्यापार १६३, निर्जीवन बीमा ४१२, अन्य २४, जीवन बीमा ८१५ र माइक्रोफाइनान्स उपसमूह ५९ अंकले बढेको छ । त्यस्तै, उत्पादन उपसमूह ९९ अंकले घटेको छ ।
आज सूर्य ज्योति लाइफल इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रा्पावर, स्वेतगंगा हाइड्रोपावर, शुभम पावर, भिजन लुुम्बिीनी उर्जा कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, हिमाल दोलखा हाइड्रोपावर र नेशनल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि कुथेली बुकरी स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन ३३९ कम्पनीको ६ करोड ४८ लाख कित्ता सेयर २७ अर्ब २४ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया