Logo

मुख्य समाचार

३४ अंकले बढेको सेयर बजारमा २३ अर्ब ४३ करोडको कारोबार


GDP नेपाल
   ३० श्रावण २०८१, बुधबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ३४.२९ अंकले बढेर दुई हजार ९५७.७५ विन्दुमा पुगेको छ ।


बैंकिङ ११, विकास बैंक १६९, फाइनान्स २७२, होटल तथा पर्यटन १७९, हाइड्रोपावर ७०, ब्यापार १६, निर्जीवन बीमा १०५, अन्य १९, र उत्पादन उपसमूह ५२ अंकले बढेको छ ।
त्यस्तै, जीवन बीमा १३ र माइक्रोफाइनान्स उपसमूह ३८ अंकले घटेको छ ।


आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मातृभूमि लघुवित्त, हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनी, माउन्टेन हाइड्रो नेपाल, हिमालयन हाइड्रोपावर, इङ्ग्वा हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर र गूडविल फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज मन्दाकिनी हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ ।




यस दिन ३३२ कम्पनीको ५ करोड १२ लाख कित्ता सेयर २३ अर्ब ४३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ३० श्रावण २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह