काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ३४.४७ अंकले घटेर दुई हजार ९६६.३३ विन्दुमा पुगेको छ ।
विकास बैंक १२९, फाइनान्स १०८, होटल तथा पर्यटन ३४८ , हाइड्रोपावर १४२, ब्यापार ५५, अन्य ७१, उत्पादन २०७, र माइक्रोफाइनान्स उपसमूह १७ अंकले घटेको छ । त्यस्तै, आज बैंकिङ १४, जीवन बीमा १.६७ र निर्जीवन बीमा ६६ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्सुरेन्स कर्पोरेशन, मल्टिपर्पोज फाइनान्स र सम्पदा लघुवित्तको सेयर भने १० प्रतिशतले बढेको छ ।
यस दिन ३३० कम्पनीको ६ करोड ५४ लाख कित्ता सेयर २८ अर्ब ८३ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया