काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ११६.३५अंकले घटेर दुई हजार ७७८.२२ विन्दुमा पुगेको छ ।
बैंकिङ ८१, विकास बैंक २४२, फाइनान्स १८०, हाइड्रोपावर १४०, जीवन बीमा ५२४, उत्पादन २२२ , माइक्रोफाइनान्स १६१, ब्यापार ८५, जीवन निर्जीवन बीमा ३३९ र अन्य उपसमूह ८४ अंकले घटेको छ । त्यस्तै, आज होटल तथा पर्यटन उपसमूह भने ३१ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र दोल्ती पावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३३० कम्पनीको ४ करोड ३५ लाख कित्ता सेयर १८ अर्ब ६४ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया