Logo

मुख्य समाचार

सामान्य अंकले बढ्यो सेयर बजार, १३ अर्ब ७२ करोडको कारोबार


GDP नेपाल
   १२ भाद्र २०८१, बुधबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ३.८० अंकले बढेर दुई हजार ७८६.४० विन्दुमा पुगेको छ ।


आज बैंकिङ १४,हाइड्रोपावर १६,
होटल तथा पर्यटन ६, उत्पादन २ र अन्य उपसमूह १ अंकले बढेको छ ।
त्यस्तै, विकास बैंक ४४, फाइनान्स ६२, जीवन बीमा ६१, माइक्रोफाइनान्स ५७, ब्यापार ५५ र निर्जीवन बीमा उपसमूह १३१ अंकले घटेको छ ।


आज सबैभन्दा धेरै लिबर्टी इनर्जी कम्पनी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरका सेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेपनि कर्णली डेभलपमेन्ट बैंकको सेयर भने ६.८८ प्रतिशतले घटेको छ ।


यस दिन ३२६ कम्पनीको ३ करोड ५० लाख कित्ता सेयर १३ अर्ब ७२ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १२ भाद्र २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह