काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ३६.८३ अंकले घटेर दुई हजार ७४९.५७ विन्दुमा पुगेको छ ।
आज बैंकिङ २८, विकास बैंक ६२, फाइनान्स ३४, हाइड्रोपावर ४, होटल तथा पर्यटन १३२, उत्पादन ७१, अन्य ११, जीवन बीमा २५२, माइक्रोफाइनान्स १०५, ब्यापार २६ र निर्जीवन बीमा उपसमूह २५२ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर भने १० प्रतिशतले घटेको छ ।
यस दिन ३२२ कम्पनीको २ करोड ८३ लाख कित्ता सेयर १२ अर्ब २४ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया